प्रदेश

लुम्बिनीका २ जिल्लाबाट लागुऔषध ब्राउनसुगरसहित ४ जना पक्राउ



कपिलवस्तु, ०६ असार । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले अवैध लागुऔषध सहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्रामसहित २ जना प्रहरीको नियन्णमा परेका छन् भने बर्दिया कै गुलरिया नगरपालिका–११ गणेशपुर गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ सय ५० मिलिग्रामसहित एक किशोर पक्राउ परेको प्रहरीले जनाएको छ ।

यस्तै यता रुपन्देहीको सियारी गाउँपालिका–४ धमसार बस्ने ५३ वर्षीय सुभाष मल्लाहलाई पनि प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

मल्लाहको साथबाट प्रहरीले २ ग्राम १ सय ७९ मिलिग्रामसहित मंगलबार दिउँसो पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले उनको किराना पसलको तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित : ६ असार २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६