देश

हवाई भाडा घट्यो, कहाँको भाडा कति कम ?



काठमाण्डौ, ०६ असार । नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आज बुधवार हवाई यात्रुको इन्धनबापतको शुल्क घटाएसँगै हवाई भाडा पनि घटेको छ । सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले घटेको छ भने सबैभन्दा कम काठमाडौ–सिमराको भाडा ९० रुपैयाँले घटेको छ ।

यस्तै काठमाण्डौ–भद्रपुरको तीन सय, काठमाण्डौ–विराटनगरको दुई सय ४०, काठमाण्डौ–धनगढीको चार सय ४५, काठमाण्डौ–नेपालगञ्जको तीन सय २५, काठमाण्डौ–भैरहवाको दुई सय १० र काठमाण्डौ–सुर्खेतको भाडा तीन सय ४५ रुपैयाँले घटेको छ ।

हिजो मङ्गलवार आयल निगमले हवाई इन्धनको भाउ प्रतिलिटर १० रुपैयाँले कम गरेको थियो । हवाई भाडामा लाग्दै आएको इन्धन शुल्क यस्तो छ–

प्रकाशित : ६ असार २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६