देश

यथास्थितिमा बजेट पारित नगर्ने पक्षमा एकीकृत समाजवादी



काठमाडौं, ०७ असार । नेकपा एकीकृत समाजवादीका सांसदहरु यथास्थितिमा बजेट पारित नगर्ने पक्षमा उभिएका छन्।

एकीकृत समाजवादीका सांसदहरु सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/0८१ को बजेट जस्ताको तस्तै पारित गर्नु नहुने पक्षमा उभिएका हुन्।

बिहीबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा उनीहरुले बजेट असन्तुलित भएको भन्दै यथास्थितिमा पारित गर्नु नहुने धारणा राखेका हुन्।

बैठकपछि सञ्चारकर्मीसँग एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले यस विषयमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गर्ने बताए।

उनले आफूले पनि प्रधानमन्त्रीलाई भेटेर यथास्थितिमा बजेट पारित नहुने सन्देश दिइसकेको दावी गरे। बजेट परिमार्जन गरी सन्तुलित बनाएर मात्रै पारित गर्नुपर्नेमा आफ्नो पार्टीले जोड दिएको उनले स्पष्ट पारे।

उनले भने‚ ‘बजेटमा भएका असन्तुलनका सवालमा माननीय सदस्यहरु सबैले कडाइका साथ कुरा उठाउनुभएको छ र यथास्थितिमा यो बजेट पारित गर्नुहुन्न भन्ने खालको कुरा सबै साथीहरुले बताउनुभएको छ। यही विषयलाई लिएर हामीले अध्यक्ष तथा हाम्रो दलको नेतालाई भनेका छौँ, तपाईंले प्रधानमन्त्री, अर्थमन्त्रीहरुलाई समय राख्नुस्। अझ साथीहरुबाट अर्को सुझाव पनि आएको छ, गठबन्धनमा रहेका सबै दलहरुका बीचमा छलफल गरेर, साझा ढंगले बसेर छलफल गर्नुस् भन्ने खालको कुरा भएको छ। अहिले भर्खरै अर्थमन्त्रीसँग पनि सम्पर्क भएको छ। दुई दिनअगाडि मैले प्रधानमन्त्रीलाई भेटेर पनि भनेको छु, यथास्थितिमा यो बजेट पारित हुँदैन। यसमा परिवर्तन गरेर, असन्तुलन भएको कुरालाई सन्तुलित बनाएर मात्रै यो बजेट पारित गर्न सकिन्छ भन्ने कुरा आएको छ।’

उनले बजेटकै कारण सत्ता समीकरण भने नटुट्ने बताए तर बजेटमा भएको गलत कुरालाई सच्याउनुपर्ने उनको भनाई छ।

आगामी दिनमा निर्वाचित सांसदको सल्लाह, छलफल, र जनतासँगको सल्लाहमा ल्याएको प्रतिवेदनबेगर बजेट बनाउनु नहुने उनले बताए।

प्रकाशित : ७ असार २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६