प्रदेश

बुद्धभूमि नगरपालिकाः १ अर्ब १८ करोड बढीको बजेट सार्वजनिक



कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १३ औं नगरसभाले आगामी आर्थिक बर्ष २०८०/0८१ का लागि रु १ अर्ब १८ करोड २२ लाख २७ हजार रुपैयाँ बराबरको कुल आय अनुमान गरी सोही बराबर खर्च गर्ने गरी आय तथा व्ययको अनुमानित बजेट सार्वजनिक गरेको हो ।नगरपालिकाले भौतिक पूर्वाधार विकास समिति तर्फ २३ करोड (४९.७ प्रतिशत), आर्थिक विकास समिति तर्फ रु १ करोड १९ लाख ५ हजार ४.७ प्रतिशत, सामाजिक विकास समिति तर्फ रु ७ करोड ३० लाख (१५.८ प्रतिशत), बन बतावरण तथा विपद् ब्यवस्थापन समिति तर्फ रु १ करोड ४६ लाख ६८ हजार (३.२ प्रतिशत) बजेट नगरपालिकाका उप प्रमुख मीरा थारुले सार्वजनिक गरेकि हुन ।गौरवका योजनामा निरन्तरता तथा अधुरा योजनाहरु पुरा गर्न उच्चतम जोड, सामाजिक, आर्थिक तथा भौतिक पुर्वाधारहरु निर्माणसंगै गुणस्तरीयतामा वृद्धि, कृषि तथा पशु विकासको आधुनिकिरण, व्यवसायीकरण र बजारीकरणलाई मुख्य प्राथमिकता दिएर बजेट सार्वजनिक गरिएको हो ।

गुणस्तरीय आर्थिक, सामाजिक, भौतिक पुर्वाधारहरुको निर्माणद्धारा समृद्ध बुद्धभूमि र सुखी बुद्धभूमि भन्ने मुल नाराका साथ नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उत्पादकत्व अभिवृद्धि गर्ने, आन्तरिक रोजगारी प्रवद्र्धन र श्रमको सम्मानमा जोड दिने महत्वपुर्ण योजना सार्वजनिक गरिएको हो ।त्यस्तै विपदको सम्बोधन र स्वास्थ्य क्षेत्रको सुधारमा जोड दिने, सामाजिक सुरक्षा तथा संरक्षणको प्रत्याभूति दिलाउने, नगर गौरवका योजना, अधुरा तथा निरन्तर योजनालाई प्राथमिकता दिने, सुशासन अभिवृद्धि गर्ने र समन्वय तथा साझेदारी प्रवद्र्धन गर्ने उद्देश्य सहित नीति तथा कार्यक्रम सार्वजनिक भएका छन् ।यो संगै बुद्धभूमि नगरपालिकाको विनियोजन ऐन २०८०, बुद्धभूमि नगरपालिकाको आर्थिक ऐन २०८०, बुद्धभूमि नगरपालिकाको दररेट ऐन २०८० नगर सभाबाट पारित गरिएको छ ।

प्रकाशित : ९ असार २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६