प्रदेश

पालिकाले निर्माण गरेको सडक पूर्व मन्त्रीको नेतृत्वमा भत्काइयो




जानु पाण्डे
कपिलवस्तु असार ०९ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले मर्मत संभार गरेको सडक पूर्व मन्त्री नेतृत्वको टोलीले भत्काएका छन् । विजयनगर गाउँपालिकाले वडा नम्बर ६ थानखजहनी सडक ग्राभेल गरी मर्मत संभार गरेको सडक लुम्बिनी प्रदेशमा पूर्व उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकी यादव सहितको टोली खनेर भत्काएको थियो ।


एक दशक अगाडी जिल्ला विकास समितिले निर्माण गरेको सडकलाई गाउँपालिकाले स्तर उन्नति गर्न लागेको थियो । स्थानीय गान्ही यादव, पुन्ने यादव, अर्जुन यादव र नन्कु कोरीले मर्मत हँुदै गरेको सडक शनिवार बिहान भत्काएका हुन् । बाटो बनाउन छलफल नगरी पालिकाले जबरजस्ती बाटो निर्माण गरेको आरोप लगाएका छन् । मर्मत गरेको क्षेत्र आफ्नो जग्गा भएको हुँदा सडक खनेको गान्ही यादवले बताउनु भयो ।


वडा अध्यक्षले स्थानीय सँग छलफल नगरी मनोमानी ढंगले सडक निर्माण गरेकोले स्थानीयले विरोध गरेको पूर्व मन्त्री यादवले बताउनु भयो । सो सडकले गाउँपालिकाको वडा नम्बर १ को थरौली जुटपानी हुँदै खडैचा जोड्ने स्थानीय कृष्ण पौडेलले बताउनु भयो । पालिकाले निर्माण गरेको अस्पताल, विद्यालय र स्वास्थ्य चौकी पुग्ने सडक भएकोले स्थानीयको माग अनुसार ४ लाख रकमको लागतमा सडक मर्मत गरेको बडा नम्बर १ का वडा अध्यक्ष प्रेम बहादुर कलवारले बताउनु भयो । सडक मर्मतका लागि सथानीय सँग सहमती समेत भएको वडा अध्यक्ष कल्वारले दाबी गर्नु भयो ।

प्रकाशित : ९ असार २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६