देश

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षा : दिउँसोपख एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना



काठमाण्डाै , १० असार । अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । गएराति ठूलो पानी परेको अछाम, गुल्मीलगायतका क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । त्यस्तै गण्डकीका पनि थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज काठमाण्डौ उपत्यकासहित, कोशी र मधेस प्रदेशमा मौसम आंशिक बदली हुने अनुमान छ । आज देशभरकै मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै आज दिउँसोपख कतैकतै मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ ।

एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना पनि रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

प्रकाशित : १० असार २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६