पशुपति गिरी ।
कपिलवस्तु, १० असार ।
नेपाल घरेलु तथा साना उधोग महासंघ कपिलवस्तुको आयोजना र बाणगङा नगरपालिका वडा न. ४ को आर्थिक सहयोगमा लघुउद्दमशिलता अन्तर्गत स्वरोजगार मुलक निशुल्क कपाल काट्ने तालिम सम्पन्न भएको छ ।

तालिममा बोल्दै वडा नम्बर ४ का वडाध्यक्ष छविलाल रेश्मी मगरले तालिममा सिकेका कुरा व्यहारमा उतार्न आग्रह गर्दै बेरोजगारी समस्या समधान होस भनी रोजगारी मुलक तालिम आफुहरुले वडाबाट आयोजना गरेको बताउनु भयो ।उहाले तालिममा सहभागीहरुले आफ्नो गाउँठाउँमा कपाल काटेने पसल सन्चालन गरि रोजगारी श्रृर्जना गर्न आग्रह समेत गर्नु भयो ।

त्यसैगरी नेपाल घरेलु तथा साना उधोग महासंघका जिल्ला अध्यक्ष फुलकुमारी श्रेष्ठले युवालाई स्वरोजगार बनाउन सकिन्छ भन्ने उद्देश्यले व्यवसायिक सिपमूलक कपाल काट्ने तालिम दिइएको बताउनु भयो ।

घरेलु तथा साना उधोग महासंघका महासचिव रबिन्द्र पौडेलले निशुल्क कपाल काट्ने सुविधा दिएकामा निकै खुसी लागेको भन्दै उहाँले यस तालिम रोजगारी श्रृर्जना गर्न सहज हुने यसबाट दैनिक १० जनाको मात्रै कपाल काट्न सके पनि सरदर १५ सय देखि २ हजार रुपैयाँसम्म कमाउन सकिने र महिनामा ६० हजार रुपैयाँ कमाउन खाडी मुलुकको चर्को गर्मीमा पसिना बगाउनु नपर्ने बताउनु भयो ।

कपाल काट्ने तालिम व्यवसायिक प्रशिक्षक सन्धिया पाण्डे,शनी ठाकुरले प्रशिक्षण दिएका थिए ।









प्रतिक्रिया