खोज–अनुसन्धान

लुम्विनी प्रदेशका १०९ मध्ये अव ३ पालिका मात्र साक्षर घोषणा हुन वाँकी




कपिलवस्तु १३ असार । लुम्विनी प्रदेशका १०९ पालिका मध्ये अव ३ पाकिला मात्र साक्षर घोषणा हुन वाँकी रहेका छन् । ती ३ वटै पालिका भने कपिलवस्तुका हुन् । यसरी साक्षर प्रदेश घोषणा गर्न बाधक बनेको कपिलवस्तुका २ पालिका एकै दिन साक्षर पालिका घोषणा गरिएको छ । ल्म्बिनी प्रदेशका १२ जिल्ला मध्ये कपिलवस्तु बाहेक सबै ११ जिल्ला साक्षर घोषणा भई सेकेका छन । बुधवार जिल्लाको कपिलवस्तु नगरपालिका र बिजयनगर गाउपालिका एकै दिन साक्षर घोषणा गरिएको हो । १५ बर्ष देखी ६० बर्ष उमेर समुहका ९५ प्रतिशत बढि नागरिक साक्षर भए पछि ती दुई पालिका पुर्ण साक्षर घोषणा गरिएको घोषणासभामा जानकारी दिईएको हो । कपिलवस्तु नगरपालिकालाई पुर्ण साक्षर नगर घोषणा गरिएको छ ।

यसअघि नगरका १२ वटै वडा साक्षर घोषणा भए पनि हालसम्म नगरलाई पुर्ण साक्षर घोषणा गरिएको थिएन । लुम्बिनी प्रदेशसभाका सदस्य सुधाकर पाण्डेयले साक्षर घोषणाको ब्यानर पढेर नगरलाई पुर्ण साक्षर घोषणा गरे । कपिलवस्तु नगरपालिका घोषणा सगै लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न बाधक बनेको कपिलवस्तु जिल्लामा साक्षर घोषणा अभियानले तिव्रता पाएको छ । साक्षरता घोषणा सगै साक्षर नगरबासीलाई राम्ररी बुझन सक्ने बनाउन आवश्यक रहेको लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले बताए ।
उता लुम्बिनी प्रदेश सभा सदस्य जानकी प्रसाद यादवले साक्षर विजयनगर गाउँपालिका घोषणा गर्नुभयो । पुर्व उद्योग, पर्यटन तथा यातायात व्यवस्थाका पुर्व मन्त्रीसमेत रहेका यादवले साक्षर गाउँपालिका कार्यक्रमको ब्यानर वाचन गरेर साक्षर गाउँपालिका घोषण गर्नु भएको हो । गाउँपालिकाले साक्षरता मापदण्डका सूचक पूरा गरि साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिकाले जनाएको छ विजयनगर गाउँपालिकाले साक्षरता मापदण्ड ९५ दशमलव ५ प्रतिशत पुरा गरेर साक्षर गाउँपालिकाले घोषणा गरिएको शिक्षा अधिकृत हरिहर बेल्बासेले बताइए ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले साक्षरताको औचित्यलाई बुझेर सबैको पहलबाट साक्षर गाउँपालिका घोषणा गर्न सफल भएको बताउनु भयो । गाउँपालिकाको तथ्याङ्क अनुसार बाँकी देखिएका निराक्षरतालाई साक्षर बनाउन गाउँपालिकाले निरन्तरता दिने दावी गर्नु भयो । पालिकाबासी सबैले सामान्य लेखपढ गर्न जान्न आवश्यक रहेको अध्यक्ष थापाले बताउनु भयो । कृष्णनगर नगरपालिका, यशोधरा गाउँपालिका र मायादेवी गाउँपालिकालाई साक्षर घोषण गर्न बाँकी रहेको छ। कपिलवस्तु जिल्ला नै साक्षर घोषण पश्चात असार मसान्तभित्रै साक्षर लुम्बिनी प्रदेश घोषणाको तयारी गरिएको छ ।

प्रकाशित : १३ असार २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६