प्रदेश

लुम्बिनी प्रदेशभर सेवा दिनेगरी ‘रोटरी मोबाइल ब्लड कलेक्सन एम्बुलेन्स’



बुटवल, १५ असार । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मोबाइल ब्लड कलेक्सन एम्बुलेन्स सञ्चालनमा आउने भएको छ । रोटरी क्लब अफ बुटवलको सहयोगमा प्राप्त एम्बुलेन्सले अब घर घरमै पुगेर रक्त संकलन गर्ने भएको हो । क्लबले शुक्रबार एक कार्यक्रमका बीच रेडक्रस सोसाईटीलाई ‘रोटरी मोबाइल ब्लड कलेक्सन एम्बुलेन्स’ हस्तान्तरण गरेको छ । क्लबको ६८ लाख ८० हजार लगानीमा प्राप्त एम्बुलेन्सबाट अब विभिन्न ठाउँमा रक्तदान कार्यक्रमहरुमा रगत संकलनमा सहज हुने भएको हो । रक्तदान जीवन दान भन्ने मूल नाराका साथ लुम्बिनी प्रादेशिक अस्पताल समेतको सहकार्यमा रेडक्रस नेपालले एम्बुलेनस् सञ्चालन गर्ने छ।

सो अवसरमा बोल्दै बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले अस्पतालको सेवा सुधार तथा क्षमतम वृद्धिका लागि सहयोग गर्न तयार रहेको बताए । उपमहानगरले आफ्ना नागरिकका लागि एक रुपैयाँ पनि शुल्क नलाग्नेगरी रगत उपलब्ध गराउने व्यवस्था गराएको बताउँदै लुम्बिनी प्रादेशिक अस्पतालले प्राप्त गरेको ब्लड कलेक्सन एम्बुलेन्सले थप सहज हुने बताए । यसैगरी अस्पतालमा पारामेडिकल सञ्चालनका लागि अध्ययन गरिरहेको उनले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले मानवीय कठिन दिन र महामारिको समयमा यो एम्बुलेन्सको महत्व थप बढ्ने उल्लेख गरे । अस्पतालले उपकरण प्राप्तिभन्दा पनि यसको समुचित व्यवस्थापन र सञ्चालनमा जोड दिएको बताए । आम नागरिकले सहज रुपमा सेवा प्राप्त गरून् भन्ने अस्पतालको मान्यता रहेको बताउँदै अध्यक्ष श्रेष्ठले अस्पतालमा जनशक्ति व्यवस्थापन अर्को चुनौती रहेको बताए । दैनिक ७र८ सय सेवाग्राहीलाई सेवा दिन सक्ने संरचना र जनशक्ति भएको अस्पतालमा हाल दैनिक १५ सयदेखि २ हजार जनालाई सेवा दिनु परेको उल्लेख गरे । एक जना नर्सबाट २०र२५ जनासम्म बिरामीलाई हेर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे ।

अध्यक्ष श्रेष्ठले अस्पतालमा आउने विपन्न परिवारलाई निःशुल्क उपचारका दागि स्थानीय निकायहरुले कम्तिमा आफ्ना नमगरिकहरुका लागि मात्रै भएपनि बजेटको व्यवस्था गर्न आग्रह गरे । सामाजिक सुरक्षा एकाईमा पालिकाहरुले बजेट विनियोजन गरेको नागरिकको उपचारलाई थप व्यवस्थित बनाउन सकिने बताए ।

यसैगरी अस्पताललाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन गर्न आवश्यक रहेको बताए । १५/२० वर्षअघिकै मान्यताले नहेर्न आग्रह गर्दै उनले विगतभन्दा सेवामा धेरै सुधार भएको बताए । नागरिकको स्वास्थ्य सेपाका लागि बुटवल उपमहानगरले मोवाइल हेल्थ क्लिनिक सञ्चालन गर्न सुझाब दिए । प्रत्येक वडाहरुमा प्रत्येक महिना घरमै पुगेर जेष्ठ नागरिक तथा अशक्तहरुको उपचारमा सहयोग पुग्ने गरि सञ्चालन गरिने मोवाइल हेल्थ क्लिनिकका लागि अस्पताल सहकार्य गर्न तयार रहेको बताए।

अस्पताललाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दै रोटरी क्लब अफ बुटवलका अध्यक्ष बोनिन् पियाले सामाजिक सेवाका लागि क्लब सदैव तयार रहेको उल्लेख गरे । क्लबले यश क्षेत्रमा १० करोड बढी सामाजिक क्षेत्रमा लगानी गरेको बताउँदै उनी ती सम्पत्तिहरुको सम्बन्धित निकायले संरक्षण र सञ्चालनमा ध्यान दिनुपर्ने बताए । यसअघि अस्पताललाई ५५ लाख बराबरको अक्सिजन प्लान्ट उपलब्ध गराइको भएपनि उक्त प्लान्ट अहिले बन्द अवस्थामा रहेकोप्रति चिन्ता व्यक्त गरे । कोरोना महामारीको समयमा उपलब्ध गराइएको उक्त उपकरण सञ्चालनमा ल्याउनुका साथै उचित व्यवस्थापन गर्न आग्रह गर्दै उनले आगामी दिनमा समेत सहयोगको प्रतिवद्धता गरे ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा। सुदर्शन थापाले कोरोना महामारीको समयमा स्थापना गरिएको अक्सिजन प्लान्टको सबै उत्पादन खपत नहुने भएका कारण सञ्चालन खर्च बढी हुने भएकाले बन्द गर्नु परेको उल्लेख गरे । महामारीको प्रभाव सकिएसँगै हाल अक्सिजनको माग कम भएका कारण सञ्चालन तथा व्यवस्थापन खर्चका आधारमा प्लान्टबाट उत्पादन गर्दा लागत बढी देखिएको बताए । यद्यपि प्राप्त उपकरणहरुको संरक्षण र सञ्चालनका विषयमा अस्पताल गम्भीर रहेको उनले उल्लेख गरे ।

रगत संकलन गर्न यो एम्बुलेन्स लुम्बिनी प्रदेशका सबै जिल्लामा पुर्याइने नेपाल रेडक्रश सोसाईटी रुपन्देहीका अध्यक्ष दिपक क्षेत्री न्यौपानेले बताए । उनले अव यसको सञ्चालनमा लागि कार्यविधी निर्माण गरिने र सोही अनुसार कार्यान्वयमा लगिने बताए । क्लवले तीन वर्षअघि यो एम्बुलेन्स ल्याउने प्रक्रिया थालेको थियो । तर कोरोना महामारीका कारण क्लवको परियोजना पछाडि धकेलियो । क्लवका पुर्व अध्यक्ष डिल्लिनारायण श्रेष्ठको पालामा अघि बढेको यो प्रोजेक्टले बोनिन पियाको पालामा मुर्त रुप लिएको हो ।

कार्यक्रममा बोल्दै नेपाल स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान, रोटरी क्लब अफ बुटवलका डिजी राजेन्द्र ध्वजु, पूर्व अध्यक्ष राजेन्द्र लम्साल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले रक्दान जस्तो मानव सेवामा समर्पित अभियानका लागि रोटरी क्लबको सहयोगको प्रशंसा गरे । उनीहरुले एम्बुलेन्स प्राप्त गर्नुभन्दा पनि यसको सञ्चालन र व्यवस्थापन चुनौतिपूर्ण रहेको बताए ।

प्रकाशित : १५ असार २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६