कृषि

विरुवाले बजार नपाउँदा कृषक चिन्तित



गुल्मी, १५ असार । आफ्नै नर्सरीमा उत्पादन भएका विरुवाले बजार नपाउँदा गुल्मीका कृषक वीरबहादुर चिन्तित छन्।
जिल्लाको सदरमुकाम तम्घासअन्तर्गत रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो र धुपीलगायत दर्जनौं विरुवाले बजार पाउन नसकेको हो।

५६ वर्षीय कार्कीले विगत १६ वर्षदेखि तम्घासमा रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर विरुवा उत्पादन गर्दै आएका छन्।

कृषि ज्ञान केन्द्र गुल्मी र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गुल्मीलगायत कृषिसँग सम्बन्धित कार्यालय, जिल्लास्थित स्थानीय तहले सुन्तला र कागती लगायतका विरुवा खरिद गरेर किसानलाई वितरण गरे पनि यी कार्यालयले बाहिरी जिल्लाबाट विरुवा खरिद गर्दै आएका छन्। जसका कारण गुल्मीमा भएका नर्सरीका विरुवा वितरण हुन सकेका छैनन्।

यता, कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले गत वर्ष पनि किसानहरुलाई उक्त नर्सरीबाट बिरुवाहरु लानका लागि सिफारिस गरेको दाबी गरे। उनले कृषकहरुलाई कार्यालयबाट प्रदान गरिने सेवामा कुनै कमजोरी नहुने बताए।

किसानहरुलाई गुणस्तरीय बिरुवाहरु उत्पान गर्न पनि आग्रह गरे। कार्कीसँग अहिले कागती ४० हजार, सुन्तला ३० हजार, टिमुर १५ हजार, अनार सात हजार, कुरिलो पाँच हजार, धुपी तीन हजार र अन्य बिरुवा एक हजार बढी बिरुवाहरु छन्।

कार्कीले सुन्तला प्रतिविरुवा २३, कागती प्रतिविरुवा २५, टिमुर प्रतिविरुवा ६०, किबी प्रतिविरुवा १५० र अम्बा प्रतिविरुवा ५० रुपियाँमा बिक्री गर्दै आएका छन्।

कार्कीले हाल ७ रोपनी जग्गामा विरुवा उत्पादन गरेका छन्। जसमा दुई रोपनी निजी र पाँच रोपनी जग्गा लिजमा लिएर नर्सरी गर्दै आएका छन्।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला इञ्चार्ज वीरबहादुर कार्की राजनीतिसँगै कृषि पेसामा पनि क्रियाशील छन् उनले माओवादी जनयुद्धदेखि नै केही गरेर खानुपर्छ भन्ने उद्देश्यले कृषि पेशा अंगालेको बताउँछन्।

प्रकाशित : १५ असार २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६