देश

सत्ता गठबन्धन फेर्ने कुरा हल्ला मात्रैः अर्थमन्त्री महत



कास्की, १६ असार । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता गठबन्धन फेर्ने कुरा हल्ला मात्रै भएको बताउनुभएको छ । प्रेस युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले गठबन्धन फेर्ने कुरा अफवाह मात्र भएको बताउनुभएको हो ।

उहाँले संसदमा सबै दलका नेताहरु भेट हुने र छलफल गर्नु सामान्य भएको बताउनुभयो । गठबन्धन फेर्ने भन्ने कुरा सबै अफवाह र भ्रम भएको भन्दै सत्ता गठबन्धन निश्चित लक्ष लिएर अगाडि बढेको उहाँको भनाइ छ।

मन्त्री महतले नयाँ बजेटले देशको अर्थतन्त्र फरक उचाइमा पुग्ने बताउनुभयो । अहिले वैदेशिक मुद्राको सञ्चिति धेरै भएको, पर्यटन फस्टाउन थालेको भन्दै नयाँ बजेटले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो । तर पुँजीगत बजेट साँघुरिँदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । यस्तै आगामी वर्ष आन्तरिक आम्दानी बढाउने र वैदेशिक लगानी परिचालनमा जोड दिने उहाँको भनाइ छ ।

प्रकाशित : १६ असार २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६