प्रदेश

सारङ्गी संरक्षणमा लुम्बिनी प्रदेश सरकार



दाङ, १७ असार ।
दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर नजिकै रहेका गन्धर्व शनिवार तुलसीपुरमा भेला भए । करीब ६३ घरधुरी रहेको टोलका उनीहरूमध्ये सारङ्गी बनाउन र बजाउन सीमित व्यक्तिलाई मात्रै आउँछ ।

उनीहरूलाई सारङ्गी बनाउन र बजाउन सिकाउने अभियानमा लुम्बिनी प्रदेश सरकार लागेको छ । उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालय संकटको पेशा बचाउन उनीहरूलाई सशक्तीकरण गर्न लागेको छ ।

सोही टोलका सारङ्गी बनाउने र बजाउने सीप भएका ७० वर्षीय शालिकग्राम गन्धर्वले पेशा कतै लोपोन्मुख अवस्थामै पुग्छ कि भन्ने चिन्ता लागेको बताए । उनले भने, ‘सारङ्गी बाजामा ४ वटा तार र त्यसबाट ३६ स्वर निकाल्न सकिन्छ । यसमा त राष्ट्रियता पो झल्किन्छ । यो पेशालाई पछिल्लो पुस्ताले अपनत्व नगरिदिँदा चिन्ता लाग्छ ।’

सारङ्गी बाजा बनाउने र बजाउने सीप सिकाउँदै आएका गणेश गन्धर्व खमारी, मालागेडी, खिर्रो, काठको मुर्रा, बाख्राको छाला र सल्लाको खोटोबाट सारङ्गी बनाउन सकिने जानकारी दिए । उनले २५ सारङ्गी तयार पारेका छन् । आफूले बनाएका सारङ्गीको बजार मूल्य ५ हजारदेखि ३५ हजार रहेको बताए । एउटा सारङ्गी बनाउन ५ दिन लाग्ने गणेशले जानकारी दिए । उनले भने, ‘राज्यका तर्फबाट सीप प्रवर्द्धनका साथै बजारीकरणमा समेत विशेष सहयोग भए मात्रै संकटको सारङ्गी बचाउन सकिन्छ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले संकटमा परेको बाजा बचाउनका लागि पालिकाले नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिए । उनले गन्धर्व समुदायको संकटमा परेको पेशा बचाउने दायित्व सरकारको भएको उनले बताए । नगर प्रमुख खड्काले सारङ्गी बनाउन र बजाउने सीपको प्रवर्द्धन गरेर व्यावसायिक रूपमा अघि बढाउन सकिने बताए ।

सीमित व्यक्तिमा रहेको सीपलाई युवापुस्तामाझ पुर्‍याउनका लागि कार्यालयले सारङ्गी बनाउने सीपको प्रवरद्धन गरेको छ । पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख दिनेश अधिकारीले लुम्बिनी प्रदेशका ३ जिल्लामा सारङ्गी बाजाका लागि सङ्गीत कक्षा र सारङ्गी बनाउने सीप प्रवर्द्धन गरिएको जानकारी दिए । उनले उत्पादन गरिएका सारङ्गीको बजारीकरण गरिने बताए । उनले भने, ‘सारङ्गी बाजा बनाउनका लागि लागत मूल्य र समय घटाउने प्रविधि हस्तान्तरण गरिनुपर्छ ।’

प्रकाशित : १७ असार २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६