प्रदेश

अर्घाखाँचीमा घरमाथि पहिरो खस्दा ३ जनाको मृत्यु



शितगंगा, १९ असार । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।
गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए ।
आज बिहान करिब ८ बजेतिर आएको पहिरोले घर पुरेको थियो । घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।

पहिरोले घरको कुनापट्टिको आधा भाग भत्किएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी खिदिम अर्घाखाँचीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटिएको थियो ।

प्रहरीले १४ वर्षीय सचिन रास्कोटीलाई सकुशल उद्धार गरेको थियो । उनको मुख र आँखामा सामान्य चोट लागेको छ । अन्यलाई अचेत अवस्थामा बाहिर निकालिएको थियो । घटनास्थल प्रहरी चौकी खिदिमबाट ११ किलोमिटर पूर्वमा पर्दछ ।

प्रकाशित : १९ असार २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६