देश

२२ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह



काठमाण्डौ, १९ असार । नवलपरासी बर्दघाट सुस्ता पश्चिम, पाल्पा र रुपन्देहीमा बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर आज यी तीन जिल्लामा बाढीको उच्च जोखिम रहेको जनाएको हो ।

पाल्पा र रुपन्देहीको तिनाउ नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ । यस्तै, अन्य १९ जिल्लामा पनि बाढीको खतरा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्व, इलाम, झापा, मोरङ, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, गुलमी , अर्घाखाँची, कपिलवस्तु, दाङ र आसपास भइ बहने केही साना नदीहरुमा बाढी आउन सक्ने चेतावनी दिइएको छ ।

बिहानैदेखि देशका धेरै ठाउँमा झरी परिरहेको छ । यसले गर्दा बाढी पहिरोको जोखिम बढेको छ ।

प्रकाशित : १९ असार २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६