प्रदेश

गुडिरहेको बसमा करेन्ट लाग्दा बाबु–छोराको मृत्यु




दाङ, २१ असार ।
दाङको तुलसीपुरबाट रोल्पाका लागि छुटेको यात्रुवाहक बसमा विद्युतीय तारले करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको छ।
उक्त घटनामा एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। तुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत कपुरकोट गाउँपालिका– ३ चोरखोलानजिकै लत्रिएको ११ हजार भोल्टेजको विद्युतीय तारमा रा.१ ख ८३४ नम्बरको बसले छुँदा दुईजनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिका– ४ निवासी ७० वर्षका बालाराम डाँगी र उनका छोरा ४५ वर्षका टोपलाल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार गाडीधनी सल्यानको छत्रेश्वरी गाउँपालिका– ६ निवासी ३३ वर्षका महेन्द्र वली गम्भीर घाइते भएको छन्। बसमा २७ जना यात्रु सवार थिए।

प्रकाशित : २१ असार २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६