खोज–अनुसन्धान

दुबै मृगौला फेल भएका बेसहारा बृद्धको जिम्मा नगरले लियो : ४ दिनदेखि उपचार चल्दै




कपिलवस्तु २२ असार । दुबै मृगौला फेल भएको बेसहारा ७५ बर्षिय बृद्ध दुध प्रसाद थारुको अभिभावकत्व बाणगंगा नगरपालिकाले लिएर औषधी उपचार र रेखदेखको ब्यवस्था मिलाएको छ । मेयर चक्रपाणी अर्यालले कपिलवस्तु सामुदायिक अस्पतालले उपचार गर्न नसक्ने जनाएपछि पिपरा स्थित नगर अस्पतालमा पुराएर सबै प्रकारको स्वास्थ्य जाँचपछि सुविधा सम्पन्न रुपमा राखेर उपचार भई रहेको वताउनु भयो । उहाले खाने बस्ने र विरामी कुर्ने सबैकाममा नगर अस्पतालले नै ब्यवस्था मिलाएर उच्च नैतिक दायित्व वहन गरेको वताउनु भयो ।
मेयर अर्यालले अस्पतालका चिकित्सकको भनाई उल्लेख गर्दै भन्नु भयो बृद्धको स्वास्थ्य अवस्थामा धेरै सुधार भएको छ । उहालाई के के समस्या छ भन्ने स्पष्ट पहिचान गरेर सघन उपचार जारी राखीएकाले स्वाथ्य अवस्थामा सुधार आएको अस्पतालका प्रशासकिय प्रमुख नरेन्द्र पोखरेलले वताउनु भयो । घरमा कोही पनि नभएको नजिकका नातेदारले समेत बेवास्ता गरेको र दुबै मृगौला विग्रीएर सिकिस्त अवस्थामा स्थानीयले उद्धार गरि अस्पतालमा ल्याएका बृद्धको उपचारका लागि २४ घण्टा चिकित्सको प्रत्यक्ष निगरानी र स्वास्थ्य कर्मीको निरन्तरको डयूटी खटाएर उपचार भई रहेको उहाले बताउनु भयो ।
यता स्वास्थ्य कार्यलय बाणगंगाका प्रम्ुाख ठगराज पौडेलले सामुदायिक अस्पतालले १० प्रतिशत सेवा सुविधा विपन्न र असहायका लागि छुटटाउनु पर्नेमा एक जना बृद्धको उपचार समेत निशुल्क गर्न नसक्ने भन्दै पन्छिनु उचित नभएको वताउनु भयो । नगरको स्वास्थ्य शाखाले सामुदायिक अस्पताल लगायतका अन्य अस्पतालले दिई रहेको सेवा सुविधा वारे नजिकवाट चासो राखेकाले जिम्मेवार भएर काम गर्न उहाले आग्रह गर्नु भयो ।
बाणगंगा पुलको नजिकमा सुकुम्वासीका रुपमा बस्दै आएका बृद्धथारुको घरमा अरु कोही पनि नभएको र रोगले सिकिस्त भएको अवस्थामा स्थानीयले उद्धार गरि कपिलवस्तु सामुदायिक अस्पताल ४ नम्वरमा पुराएका थिए । अस्तालले ५ दिन उपचार गर्दा समेत ती बृद्धको कोही पनि नातेदार फेला नपारेपछि एम्वुलेन्समा राखेर पिपरास्थित सरकारी अस्पतालमा पठाएको थियो । पिपरा अस्तालले बिरामी लिन अस्वीकार गरेपछि एम्वुलेन्समै विरामी राखेर सामुदायिकले नगर प्रमुख अर्याललाई गुहारेको थियो ।अलपत्र विरामी देखेपछि मेयर अर्यालले सबै प्रकारको उपचार गर्नेगरी नगर अस्पताल पिपरामा पठाउनु भएको थियो । चारदिन देखि ती बृद्ध पिपरा अस्पतालमा उपचाररत छन्। उनको कोही पनि आफन्त संपर्कमा नआएकाले उपचार खर्च र बस्ने खाने सबै कुराको प्रबन्ध नगरले मिलाउदै आएको वताइएको छ ।

प्रकाशित : २२ असार २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६