देश

ढोरपाटनमा पहिरोले मुहान र नहर बगाउँदा विद्युत् सेवा अवरुद्ध



बाग्लुङ, २३ असार । अविरल वर्षाका कारण आएको पहिरोेले विद्युत् मुहानसँगै नहर बगाउँदा ढोरपाटन नगरपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ ।

शुक्रवार हिजो गएको पहिरोले मुहानसहित नहर बगाउँदा ढोरपाटन नगरपालिका–७ का स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् ।

पहिरोले मुहानसहित करिब ३० मिटर नहर बगाएको ढोरपाटन नगरपालिकाका उपमेयर धनबहादुर कायत ९कल्याण० ले जानकारी दिनुभयो । विद्युत् सेवा अवरुद्ध हुँदा तीन सय घरधुरीका करिब एक हजार पाँच सय नागरिक विद्युत् सेवाबाट वञ्चित भएका उहाँको भनाइ छ।

विद्युत् तत्काल सञ्चालनमा ल्याउनका लागि काम भइरहेको कायतले बताउनुभयो । स्थानीयद्वारा जनश्रमदान भइरहेकाले केही समयमै विद्युत् सेवा सुरु हुने उहाँले बताउनुभयो ।

‘अहिले तत्काल पक्की पर्खाल लगाएर विद्युत् सञ्चालन गर्ने अवस्था छैन, जनश्रमदान गरी बर्खाभरिका लागि सञ्चालन गर्ने तयारी गरिरहेका छौँ,’ उपमेयर कायतले भन्नुभयो, ‘बर्खा रोकियो भने पक्की मुहान र नहर बनाउने योजना छ ।’ बर्खाको समयमा पटक–पटक बाढीपहिरोले दुःख दिँदै आएको उहाँले बताउनु भयो ।

प्रकाशित : २३ असार २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६