कपिलवस्तु २३ असार । नेकपा एमाले कपिलवस्तुले युवापुस्तालाई प्रोत्साहन गर्दै ३३ प्रतिशत आरक्षणका साथ अगाडी बढ्ने भएको छ । पार्टीको जन संगठन समन्वय संयन्त्रको बैठकले युवालाई प्रोत्सहान तथा जिम्मेवारी सहित संठठित गर्ने योजना बनाएको छ । बैठकमा बोल्दै प्रमुख अतिथी तथा पार्टि केन्द्रीय सदस्य गिरधारीलाल न्यौपानेले एमालेका जनसंगठनले पार्टिलाई बलियो बनाउँदै लगेको बताउनु भयो । न्यौपानेले एमाले नेतृत्वको सरकारले कपिलवस्तुमा विकासको लहर ल्याएको बताउनु भयो । ओली नेतृत्वको पालामा तिलौराकोट गुरु योजना, हुलाकी राजमार्ग, तराई मधेशका जिल्ला सदरमुकाम सौन्दर्यीकरण, हरेक पालिकामा अस्पताल, वाल पोषण भत्ता जस्ता उल्लेखनिय काम भएको बताउनु भयो ।
गठवन्धनको सरकार गठन भए पछि ति कामले समेत रफ्तार नलिएको बताउनु भयो । बैठकले हरेक जन संगठनमा युवापुस्तालाई समावेस गराउने निर्णय भएको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले बताउनु भयो । पार्टि सदस्यता नविकरण, नयाँ पार्टी सदस्यता थप जस्ता महत्वपूर्ण विषयमा छलफल भएको थियो । साउनको दोस्रो साता जन संगठनको बैठक भेला तथा अधिवेशनको अवधी पुगेका संगठनको पुर्न गठन गरिने बताइएको छ ।बैठकमा एमालेले गरेका उत्कृष्ट कामको प्रचार गर्ने र पार्टि विरुद्ध अफवाह फैलाउने, मिथ्या समाचार फैलाउने प्रवृती रहेकोले सामाजिक संजालमा आएका भ्रमहरु तोड्ने योजना भएको जिल्ला सचिव सिवि गहतराजले बताउनु भयो ।
२३ असार २०८०, शनिबार
प्रतिक्रिया