देश

विषालु च्याउ खाँदा ११ जना बिरामी



काठमाण्डौ, २४ असार । विषालु च्याउ खाँदा डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना बिरामी भएका छन् ।
बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो ।

च्याउ खाँदा १८ वर्षीय अनमोल डुरा, ६० वर्षीया गङ्गा डुरा, १४ वर्षीया एलिजा डुरा, ३९ वर्षीय बासु बोगटी, १० वर्षीया मिना बोगटी, १२ वर्षीय सुनिल बोगटी, ४३ वर्षीया सकुन्तला खड्का बिरामी भएका छन् । त्यस्तै, १२ वर्षीया निशा बोगटी, ३९ वर्षीय बर्मा देवल, ५० वर्षीय बबर देवल र १९ वर्षीय सानु बोगटी पनि बिरामी परेका हुन् ।

यसअघि हिजो दैलेखको महाबु गाउँपालिका–२ डुङ्ग्रीमा जङ्गली विषालु च्याउ खाँदा एकै घरका चार जना बालबालिका बिरामी परेका छन् ।

विषालु च्याउ खाँदा गएको १५ गते ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको थियो । हरेक वर्ष विषालु च्याउ खाँदा झण्डै ३० जनाको ज्यान जान गरेको सरकारी तथ्याङ्क छ ।

स्वास्थ्य मन्त्रालय र विज्ञले जङ्गलमा पाइने च्याउ नखान आग्रह गरेका छन् । जङ्गली च्याउ खाँदा बिरामी पर्ने र ज्यानैसमेत जान सक्ने जोखिम हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पकाउँदा पनि च्याउमा हुने विष कम नहुने भएकाले जङ्गली च्याउ नखान स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको हो ।

प्रकाशित : २४ असार २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६