प्रदेश

लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल कोइलाबास भन्सार



दाङ, २४ असार ।
दाङको कोइलाबास भन्सार कार्यालयले जेठ मसान्तसम्ममा लक्ष्य भन्दा ४ सय प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षको ११ महिनामा लक्ष्य भन्दा ४ सय प्रतिशत राजस्व संकलन गर्न सफल भएको भन्सार कार्यालयले जनाएको छ । कार्यालयले चालु आर्थिक वर्षमा २१ लाख ३९ हजार राजस्व उठाउने लक्ष्य लिएको थियो ।

जेठ मसान्तसम्ममा ८३ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयका भन्सार संकेत निरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

आर्थिक वर्ष सकिन अझै बाँकी रहेकाले थप राजस्व संकलन हुने पनि उनको भनाइ छ । सबैभन्दा बढी पुष र जेठ महिनामा १५ लाख राजस्व संकलन भएको छ । पुष र जेठ महिनामा स्वर्गद्वारी जाने भारतीय पर्यटक बढी आउनुभएकाले राजस्व संकलन पनि बढेको कार्यालयले जनाएको छ ।

कोइलाबास नाकाबाट विशेषगरी नेपाल आउने यात्रुले प्रयोग गर्ने सवारीसाधनबाट राजस्व उठाउने गरिन्छ । दाङको एक मात्र नाका कोइलावास भन्सार कार्यालयमा इन्टरनेटको समस्याका कारण भन्सारको काम लिखित रूपमै हुने गरेको छ । यस्तै कोइलाबासबाट गढवा–लमहीसम्मको सडकमा घुम्ती भएकाले ठूला गाडी आवागमनमा समस्या हुदै आएको छ ।

प्रकाशित : २४ असार २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६