देश

१५ महिनापछि पूर्णता पाएको तरुण दलको जम्बो समितिमा नेता र राजदूतका छोरा



काठमाडौं, २४ असार । नेपाली कांग्रेसको युवा संगठन तरुण दलको चार सय सदस्यीय कार्यसमितिमा नेताहरुका छोरा पनि परेका छन् । १५ महिनापछि पूर्णता पाएको तरुण दलको केन्द्रीय समिति विधानतः ९५ सदस्यीय हुने व्यवस्था छ ।

तरुण दलमा कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौलाका छोरा श्याम सिटौला, गोपालमान श्रेष्ठका छोरा सम्पूर्णमान श्रेष्ठ, ईश्वरी न्यौपानेका छोरा सरोज न्यौपाने केन्द्रीय सदस्य बनेका छन् । नेता विमलेन्द्र निधिका भतिजा मानवेन्द्र निधि पनि तरुण दलको केन्द्रीय सदस्य बनेका छन् ।

शहरी विकासमन्त्री सीता गुरुङको स्वकीय सचिव हेमन्त गुरुङ, गण्डकीका मूख्यमन्त्री सुरेन्द्रराज पाण्डेका पूर्व गाडी चालक सञ्जय सिलवाल पनि तरुण दलको केन्द्रीय समितिमा समेटिएका छन् ।

भारतका लागि नेपाली राजदूत शंकर शर्मामा छोरा सरिन घिमिरे, नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका पूर्व अध्यक्ष आस्था विन्दु मल्ल, मधेशबाट हिमाली जिल्ला सोलुखुम्बु पुगेर कांग्रेसको राजनीति गर्दै आएका अशोक झा पनि तरुण दलको केन्द्रीय सदस्य बनेका छन् । झाको परिवार बसाइ सरेर हिमाली जिल्ला पुगेको थियो । त्यस्तै यौनिक अल्पसंख्यक भूमिका श्रेष्ठ पनि केन्द्रीय सदस्य छन् ।

चार सय जनाको टोलीमा मनाङ र रुकुम पूर्वबाट कोही पनि समेटिएका छैनन् । मुस्ताङबाट एक जना परेका छन् भने काठमाडौंबाट सबैभन्दा धेरै जना परेका छन् ।

रसुवा, डडेल्धुरा, पश्चिम रुकुमबाट संस्थापनइतरबाट कोही पनि परेनन् । २०७८ को ९ चैतमा सभापति शेरबहादुर देउवाले विद्धान गुरुङलाई तरुण दलको अध्यक्षमा मनोनित गरेका थिए भने त्यसपछि १४ असारमा विस्तार गरेका हुन् ।

प्रकाशित : २४ असार २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६