देश

प्रधानमन्त्रीको अभिव्यक्ति दुई दिनपछि मिडियामा आउनु राजनीतिक दाउपेचः राज्यमन्त्री सिर्पाली



काठमाडौँ, २५ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक दाउपेच बनाएर समाज निर्माण हुन नसक्ने बताएकी छन्।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले असार १८ गते दिएको अभिव्यक्तिलाई दुई दिनपछि सञ्चारमाध्यममा ल्याउने र राजनीतिक दाउपेच बनाउने काम भएको आरोप लगाइन्। राज्यमन्त्री सिर्पालीले अहिले कतै न कतै नेपालको राजनीति कलंकित बनिरहेको बताइन्।

उनले भनिन्, ‘कहीँ न कहीँ राजनीति कलंकित हुँदैछ, आज कहीँ न कहीँ राजनीतिलाई सफा र पारदर्शी बनाऊँभन्दा आज सहमति जुट्न सकेको छैन। हामीले राजनीतिलाई कतै न कतै दाउपेच र लेनदेनको खेल पनि बनाएका छौँ । समाजमा बडो दुखद् परिदृश्यहरू आइपरेका छन्। १८ गते बोलेको कुरालाई दुई दिनपछि मिडियामा ल्याएर राजनीतिमा एउटा दाउपेचको बनाएर स्वच्छ समाज निर्माण गर्न सक्दैनौँ।’ मन्त्री ठकुरीले राजनीति सहजै सफा हुन नसक्ने स्थिति देखिएको पनि बताइन्।

प्रकाशित : २५ असार २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६