देश

पत्नीशोकमा परेका प्रधानमन्त्रीलाई राष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्रीसम्मको समवेदना, सीता दाहालप्रति श्रद्धाञ्जली




काठमाण्डौं, २७ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालप्रति विभिन्न दलका शीर्ष नेताहरूले श्रद्धाञ्जली व्यक्त गरेका गरेका छन्। पत्नीशोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई उनीहरूलाई समवेदना व्यक्त गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको निधनबाट आफू अत्यन्त दुःखी भएको उल्लेख गर्दै स्वर्गीय दाहालप्रति श्रद्धाञ्जली प्रकट गरेका छन्। राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसहित शोकाकुल परिवाजनमा गहिरो समवेदना व्यक्त गरको उनको सचिवालयले जनाएको छ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दाहालको निधनले स्तब्ध भएको बताएका छन्। उनले भनेका छन्- सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) की जीवनसंगिनी सीता दाहालको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको खबरले स्तब्ध बनाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दाहालको निधनले निकै दुःखी भएको बताएका छन्।

उनले ट्विटरमा लेखेका छन्- सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन संगिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु। दिवंगत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।

नेकपा एमालेका उपाध्यक्ष एवं सांसद बिष्णु पौडेल, सांसदहरू योगेश भट्टराई, गोकुल बाँस्कोटा, नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिलगायतले पनि सीताप्रति श्रद्धाञ्जली र प्रचण्डप्रति समवेदना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा विभिन्न प्रयोगकर्ताहरू पनि सीताप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। सत्ता साझेदार दल नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि आजदेखि सुरू हुने केन्द्रीय समिति बैठक स्थगित भएको छ।

प्रकाशित : २७ असार २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६