देश

राजकीय सम्मानसहित सीता दाहालको अन्त्येष्टि गरिने



काठमाण्डौ, २७ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवम् पार्टी सल्लाहकार सदस्य सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ ।

बुधवार आकस्मिकरूपमा सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्व। दाहालको अन्त्येष्टि राजकीय सम्मानसहित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँले स्व। दाहाललाई नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विसं २०२८ सालदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा आबद्ध रही समाज रूपान्तरणका लागि भएका सशस्त्र सङ्घर्षलगायतका सबै खाले आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी स्वर्गीय दाहालको निष्ठा, त्याग र सङ्घर्षमय जीवनका उदाहरणीय पक्षलाई सबैले आत्मसात् गर्नसक्नु उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास नेपाल सरकारको रहेको छ । दोस्रो निर्णयको रूपमा दिवङ्गत दाहालको राजकीय सम्मानस्वरूप अन्त्येष्टि गर्ने निर्णय भएको छ ।’

मन्त्रिपरिषद् बैठकले स्व। दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति समवेदना पनि प्रकट गरेको छ । सीता दाहालको उपचारका क्रममा आज बिहान निधन भएको थियो । उहाँ ६९ वर्षको हुनुहुन्थ्यो ।

प्रकाशित : २७ असार २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६