प्रदेश

भैरहवा भन्सारबाटै समातियो तस्करीमा सम्लग्न भारतीय ट्रक



भैरहवा, २७ असार । भैरहवा भन्सार कार्यालयले बिना भन्सार बाहिरीन खोजेको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। गत जेठको दोस्रो साता किर्ते प्रज्ञापनपत्र बनाइ भन्सार जाँचपास गराउन खोजेको घटना सेलाउन नपाउँदै सोही प्रकृतिको घटना भैरहवा भन्सार कार्यालयमा दोहोरिएको छ।

भारतबाट नेपालका लागि भित्रिएको प्याजसहितको मालबाहक ट्रक भन्सार जाँच पास बिनै बाहिरीन खोज्दा अन्नपूर्ण ट्रमिनलको सुरक्षा गार्डले सोमबार दिउँसो २ बजे रोकेका हुन्। युपी ३१ टी ९९४१ नम्बरको प्याजसहितको ट्रक भन्सारको दोस्रो गेटबाट बाहिरीनै लाग्दा किर्ते कागज भएको आशंकामा टर्मिनलले रोकेको हो।

भन्सार जाँचपासका लागि आउने मालबाहक ट्रक प्रवेश हुनासाथ गेटबाट गाडीको नम्बरसहित प्रवेशको इन्ट्री हुन्छ, गेटपास (बिलिङ) पछि भन्सार जाँचपासको लागि प्रक्रिया सुरु हुन्छ, जाँचपास भएपछि भन्सारले निकासी पत्र (एक्जीट नोट) दिएमात्रै मालबाहक गाडी बाहिरीने गरिन्छ। तर, सोमबार भन्सार परिसरमा आएको गाडी बिना भन्सार जाँचपास गराई शंकास्पद कागजको भरमा बाहिरीन खोज्दा भन्सार प्रणालीले किर्ते देखाएकोे हो। निकासी गेटमा नक्कली गेटपास र एक्जीट नोट प्रणलीमा समावेश गर्दा नमानेपछि घटना बाहिरीएको हो।

प्रकाशित : २७ असार २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६