प्रदेश

बालकको मृत्युपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव



दाङ, २८ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक बालकको मुत्यु भएपछि तनाव उत्पन्न भएको छ । मंगलबार साँझ प्रतिष्ठानमा उपचारका लागि लगिएका घोराही उपमहानगरपालिका-३ का ११ वर्षका आक्रोश नेपालीको मृत्यु भएको थियो ।

बालकको बिहीबार बिहान भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए । डीएसपी गौतमका अनुसार मंगलबार साँझ छारे रोग लागेका बालकलाई राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा ल्याइएको थियो ।

थप चेकजाँचका लागि उनलाई बुधबार एमआरआई कक्षमा लगिएको थियो । सो क्रममा एमएआरआई कक्षको ढोका खुल्दा अक्सिजन मेसिनमा ठोक्किन पुगेको प्रहरीको भनाइ छ ।

त्यसपछि सिकिस्त भएका बालकलाई आईसीयू र भेन्टिलेटरमा राखिएको थियो । बिहीबार बिहानमात्र भेन्टिलेटरमा बालकको मृत्यु भएपछि चिकित्सकले दिउँसो मृत घोषणा गरेका थिए ।

घटनापछि मृतकका आफन्तले दिउँसो नाराबाजी गर्दै प्रतिष्ठान घेराउ गरेका छन् । आफन्तले भने एमआरआई कक्षमा धातुजन्य वस्तु लैजान नमिल्ने भए पनि अक्सिजनको सिलिण्डर एमआरआई कक्षमा लैजानु डाक्टरको लापरवाही भएको बताएका छन् ।
प्रतिष्ठानले घटनाबारे केही बताएको छैन । यस विषयमा अहिले दुई पक्षको बैठक बसिरहेको छ ।

प्रकाशित : २८ असार २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६