कृषि

शिवराजमा व्यावसायिक किसानलाई आधुनिक कृषि सामग्री वितरण



चन्द्रौटा, २८ असार । कृषि उत्पादन बढाउन कपिलवस्तुको शिवराज नगरपालिकाले किसानहरूलाई कृषि सामग्री वितरण गरेको छ। नगरभित्र रहेका ३६ जना व्यावसायिक किसानलाई आधुनिक कृषि सामग्री वितरण गरिएको हो।

बिहीबार कृषि विकास शाखाले ब्रासकटर ४ थान, मिनी टिलर २६ थान र पावर टिलर ६ थान वितरण गरेको हो।

आधुनिक प्रविधिको प्रयोगले किसानहरूलाई खेतीपाती गर्न सहज हुने र उत्पादन पनि बढ्ने भएकाले सामग्री वितरण गरिएको नगरप्रमुख अजय थापाले बताए। थापाले किसानले उत्पादन बढाएमा नगर आत्मनिर्भर हुन सक्ने भएकाले कृषिलाई प्राथमिकता दिएको स्पष्ट पारे। कृषि क्षेत्र मल बीउबिजन सिँचाइ लगायत समस्याप्रति आफू जानकार रहेको भन्दै समाधानका लागि निरन्तर लागिपरेको बताए।

सिँचाइ सुविधाका लागि प्रदेश र केन्द्र सरकारसँग माग गरिएको थापाले बताए। जवाई सिँचाइ योजनाको काम अब अघि बढ्ने भन्दै शिवराजको धेरै खेतीयोग्य जमिनमा सिँचाइ व्यवस्था हुने थापाले बताए।

कार्यक्रममा उपप्रमुख शिवकुमारी थारूले कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताइन्। नगरले वितरण गरेको उक्त सामग्री प्रयोगबाट कृषि उत्पादन बढ्ने अपेक्षा गरिन्। ‘प्रत्येक वर्ष कृषि क्षेत्रमा प्रयोग हुने सामग्री वितरण गरेका छौँ’, थारूले भनिन्, ‘कतिपयले कृषि सामग्री घर थन्क्याउने गरेको पाइयो। त्यस्तालाई प्रदान गरेका सामग्री फिर्ता गराएका छौँ।’

कृषकको ५० प्रतिशत र नगरको ५० प्रतिशत लगानीमा उक्त सामग्री वितरण गरिएको कृषि विकास शाखाका प्रमुख ताराचन्द चौधरीले बताए। किसानहरूलाई झाडी सफा गर्न र खेत जोत्न सहज होस् भन्ने उद्देश्यले उक्त कार्यक्रम राखिएको चौधरीले बताए।

कृषि विकास समितिका संयोजक नेत्र बेल्वासेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कृषि प्राविधिक केशव भुसालले गरेका थिए।

प्रकाशित : २८ असार २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६