देश

आगामी वर्ष ९०० मेगावाट बिजुली राष्ट्रिय प्रशारणमा थप हुन्छः ऊर्जामन्त्री बस्नेत



काठमाडौं, २८ असार । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्ष थप ९०० मेगावाट बराबरको बिजुली राष्ट्रिय प्रसारणमा थप हुने बताएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेको प्रश्नको जवाफमा मन्त्री बस्नेतले हरेक वर्ष विद्युत उत्पादन बढ्दै जाने र अब आन्तरिक खपत बढाउँदै लैजाने बताए ।

ऊर्जा विकास दशकको मार्गचित्रका साथ सरकारले काम गरिरहेको भन्दै उनले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने लक्ष्यका साथ आयोजनाहरु निर्माण भइरहेको जानकारी दिए ।

ऊर्जामन्त्री बस्नेतले केही ठूला जलाशयुक्त आयोजना अगाडि बढाउने सोचका साथ सरकारले प्रक्रिया अगाडि बढाएको बताए । सरकारले नलगाड जलविद्युत आयोजनालाई उत्तिकै महत्व दिएको र छिट्टै प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ ।

मन्त्री बस्नेतले कर्णाली प्रदेशमा सिंचाइ सुविधा पुर्‍याउन एकीकृत कर्णाली सिंचाइ परियोजना अगाडि बढाइएको र ३० करोड बराबरको बजेट विनियोजन गरिएको जानकारी दिए ।

प्रकाशित : २८ असार २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६