प्रदेश

बाणगंगामा डुबेर एक युवकको मृत्यु




कपिलवस्तु, २९ असार । कपिलवस्तुको बाणगंगा नगरपालिकामा खोलामा माछा मार्ने क्रममा एक युवकको डुबेर ज्यान गएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित धिरी खोलमा माछा मार्ने क्रममा सोही स्थानका वर्ष २५ का विजय थापाको डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेका अनुसार वाणगंगा ९ स्थित भलवाड बस्ने वर्ष २५ का विजय थापा बिहिबार घर देखि माछा मार्ने भनेर निस्केका थिए । उनको खोलमा डुबेर मृत्यु भएको हो ।

लामो समय सम्म थापा घरमा नआए पछि उनको खोजि थालेको र राति १० बजे स्थानियले उनको खोलाबाट उद्धार गरेका भए पनि उनको उनको मृत्यु भइसकेको थियो । उद्धार पुर्व नै थापाको निधन भइसकेको स्थानीयले बताएका छन् ।

शुक्रबार बिहान इलाका प्रहरी कार्यालय पिपराबाट घटना स्थलमा पुगेको प्रहरीको टोलीले मृतकको शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाएको जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक थापा बाणगंगा मावि लौगाइमा स्नातक तहको अध्ययन गर्दै आएका बताइएको छ ।

प्रकाशित : २९ असार २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६