प्रदेश

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा ठप्प हुँदा बिरामी मर्कामा



दाङ, २९ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा उपचारका लागि लगिएका बालकको ज्यान गएपछि आफन्तले गरेको आन्दोलनका कारण अस्पताल तनावग्रस्त बनेको छ । मृतकका आफन्तको धर्ना र प्रदर्शनका कारण अस्पतालको सेवा आज दोस्रो दिन पनि ठप्प भएको हो । आज पनि बिहानैदेखि मृतकका आफन्तले प्रदर्शन गरिरहेका छन् । बिहीवार हिजो उपचारका क्रममा घोराही उपमहानगरपालिका वडा नम्बर ३ का १० वर्षीय आक्रोस नेपालीको ज्यान गएको थियो ।

एमआरआई गर्ने क्रममा डाक्टर र स्वास्थ्यकर्मीहरुको लापरबाहीका कारण बालकको ज्यान गएको भन्दै पीडितका आफन्तहरु दोषीलाई कारबाहीसँगै क्षतिपूर्तिको माग गर्दै आन्दोलित भएका हुन् । सामान्य अवस्थाको बिरामीको अस्पतालको लापरबाहीका कारण ज्यान गएको उनीहरुको आरोपमा छ ।

प्रतिष्ठानको गेटभित्रै काउन्टरमा पीडितहरुले धर्ना दिएपछि सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले बताउनु भयो । मृतकका आफन्तहरुले धर्ना दिएपछि उपचारका लागि प्रतिष्ठान पुगेका बिरामीहरु समस्यामा परेका छन् ।

बालकको ज्यान गएको विषयमा छानबिन समिति बनाउने सँगै बालककी आमालाई रोजगारी र उपचार खर्च बेहोर्न प्रतिष्ठान तयार रहे पनि पीडित पक्षको मागअनुसार रकम दिन नमान्दा सहमति हुन नसकेको बताइएको छ । तर प्रतिष्ठानले भने पीडित पक्षसँग वार्ता जारी रहे पनि कुनै समाधान हुन नसकेको जनाएको छ ।

प्रकाशित : २९ असार २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६