प्रदेश

तल्लो सिद्धबाबा मन्दिरमा आम्दानी हिनामिनाको आरोप




बुटवल, ३० असार । बुटवलको तल्लो सिद्धबाबा मन्दिरमा हुने आम्दानीमा हिनामिना भएको आरोप लागेको छ । सेवाग्राहीले बुझाएको रकमको आधा रकम मात्रै रसिदमा उल्लेख गरेर हिनाहिना भएको आरोप लागेको हो ।

२०७९ साल असार २२ गते कुमार कार्कीले मन्दिर व्यवस्थापन समितिलाई एक हजार ५ रुपैयाँ तिरेका थिए । तर सोही रसिदको डुप्लिकेट कपीमा ५०५ रुपैयाँ बुझेको देखाएर आधा रकम ठगी गरेको भेटिएको हो ।

यस्तै तिलकुमारी खड्काले २०७९ मंसिर २६ गते र गंगा रायमाझीले २०७९ मंसिर २८ गते आफन्तको विवाह गराए वापत एक हजार ५ रुपैयाँका दरले मन्दिर व्यवस्थापन समितिलाई रकम बुझाए पनि दुबैको रसिदको डुप्लिकेट कपीमा ५०५ रुपैयाँ मात्रै बुझेको देखाइएको प्रमाण बाहिर आएको छ ।

यस सम्बन्धमा प्रतिक्रियाका लागि फोन गर्दा अध्यक्ष कृष्णप्रसाद तिमिल्सेनाले अहिले केही नबोल्ने भन्दै पत्रकार सम्मेलन गरेर सबै कुरा सार्वजनिक गर्ने बताए । गत मंसिरमा म्याद सकिएको ब्यवस्थापन समितिको निर्वाचन हुन सकेको छैन ।

मन्दिर जस्तो पवित्र धार्मिक स्थलमा सेवाग्राही र भक्तजनले दिएको रकममा यसरी ठगी हुनु लज्जास्पद भएको स्थानीय शंकर घर्तीले बताए । मन्दिरमा ठूलो रकम हिनामिना र ठगी भएको हुन सक्ने भन्दै भक्तजन र स्थानीयले छानबिन गर्न माग गरेका छन् ।

प्रकाशित : ३० असार २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६