देश

भ्रष्टाचारका फाइल खोलेपछि सानो स्वरमा सरकार ढल्छ भनेको सुन्छुः मन्त्री गुरुङ



काठमाडौं, ३० असार । कानुन मन्त्री धनराज गुरुङले सरकारले भ्रष्टाचारको फाइल खोल्न थालेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार ढल्ने हल्ला फैलाउन थालेको बताएका छन्।

शनिबार तमू संघको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै मन्त्री गुरुङले सरकारले भ्रष्टाचारका फाइल खोल्दै गर्दा विपक्षीबाट सानो स्वरमा सरकार ढल्छ भनेको सुनेको बताएका हुन् ।

‘सरकारको मिसन सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि र जनतालाई डेलिभरी दिनका लागि भ्रष्टाचारका फाइल खोल्दै जाने जो–जो पर्छन् पर्दै जान्छन्। कानुनले यो वा त्यो भन्दैन। कानुनले कुनै धर्म, लिङ्ग, वर्ण, जात र कुनै पार्टी पनि चिन्दैन। सरकार भ्रष्टाचारविरोधी मिसनमा अगाडि बढेको छ। सरकारले भ्रष्टाचारविरोधी फाइल खोल्दै गर्दा सानो स्वरमा सरकार ढल्छ भनेको सुन्छु,’ उनले भने।

साथै उनले मिटरब्याज पीडितलाई कारबाही गर्न ल्याएको विधेयक फेल गराउने षडयन्त्र भइरहेको आरोप लगाए। उक्त विधेयको पक्षमा सिंगो कांग्रेस एक ठाउँमा उभिने समेत उनले बताए।

‘सभापतिज्यूले मलाई भर्खरै भन्नुभएको छ। मिटरब्याजी पीडितलाई जसरी पनि कारबाही गर्नुपर्छ। मिटरब्याजी विधेयक जसरी पनि पारित गर्ने हो। तिमी लिएर अगाडि बढ भन्नुभएको छ। विकृति र विसंगतीका विरुद्धमा सिंगो कांग्रेस एक ठाउँमा छ। सामन्तवादको अवशेषलाई अन्त्य गर्न यो विधेयक ल्याएका छौं। अब इफ बट केही लाग्दैन। यही संसदबाट दुई तिन दिनभित्र विधेयक पारित हुन्छ,’ मन्त्री गुरुङले भने।

प्रकाशित : ३० असार २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६