प्रदेश

दाङमा जंगली च्याउ खाँदा दुई जना बिरामी



दाङ, ३० असार । दाङमा जंगली च्याउ खाँदा दुई जना बिरामी परेका छन् । शुक्रबार जंगलमा भटाएको च्याउ पकाएर खाँदा बंगलाचुली गाउँपालिका( १ स्युजाका ३८ वर्षीया यमाकुमारी कवर वली र उनका १२ वर्षीय छोरा यकिन वली बिरामी परेका हुन् ।

खाना खाएसङ्गै पेट दुख्न थालेपछि दुबैलाई प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा लगिएको थियो । पछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको बंगलाचुली गाउँपालिका- १ वडाध्यक्षका विष्णु कुवँरले जानकारी दिए ।
बिरामी दुवैको प्रादेशिक अस्पतालमा उपचार भइरहेको वडाध्यक्षका कुवँरले बताए ।

प्रकाशित : ३० असार २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६