प्रदेश

विषालु च्याउ खाँदा शितगंगामा ३ जना बिरामी



अर्घाखाँची, ३१ असार । विषालु च्याउ खाँदा अर्घाखाँचीको शितगंगा नगरपालिकामा तीन जना बिरामी परेका छन् ।
विषालु च्याउ खाँदा शितगंगा–३ साहुटोलका विजय भण्डारी, माया भण्डारी र तिलमाया भण्डारी बिरामी परेका हुन् ।


उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि बुटवल रिफर गरिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) होमनाथ रेग्मीले जानकारी दिनुभयो ।

उनीहरूको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा उपचार भइरहेको र अवस्था सामान्य रहेको इन्स्पेक्टर रेग्मीले बताउनुभयो ।

प्रकाशित : ३१ असार २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६