देश

आजदेखि बढ्यो आन्तरिक उडानको हवाई भाडा



काठमाण्डौ, ०१ साउन । आन्तरिक उडानको हवाई भाडादर आजदेखि वृद्धि भएको छ । नेपाल वायुसेवा सञ्चालक सङ्घले मूल्य अभिवृद्धि कर भाडादरमै जोडिने भएकाले आन्तरिक उडानको हवाई भाडा ६ प्रतिशतसम्म बढ्ने जनाएको हो।

आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका हुन्। सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई यातायात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ ।

‘सरकारबाट बजेट वक्तव्यमार्फत् अनिवार्य गरेको यो व्यवस्था अनुसार यस सङ्घमा आबद्ध सम्पूर्ण वायुसेवा कम्पनीले आजदेखि लागू हुने गरी हवाई भाडा दरमा नै समावेश गरी मूल्य अभिवृद्धि कर उठाइने बेहोरा जानकारी गराइन्छ’, सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला भन्नुभयो ‘इन्धन र विमानस्थल कर पनि भ्याटसहितको लिने गरिएको छ, यसमा भने अतिरिक्त शुल्क लाग्दैन’।

प्रकाशित : १ श्रावण २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६