प्रदेश

दाङमा विषालु च्याउ खाँदा २ जना बिरामी



दाङ, २ साउन । दाङमा बिषालु च्याउ खाँदा एकै परिवारका दुई जना बिरामी भएका छन् । मंगलबार बिहान जंगलबाट ल्याएको च्याउ खाँदा गढवा गाउँपालिका– ५ धर्मापुरका ७२ वर्षीय बसन्तु चौधरी र उनकी श्रीमती ७६ वर्षीया छुकनी चौधरी बिरामी परेका हुन् ।

मंगलबार बिहान १० बजेतिर खाना खाएका दुवैजनालाई १२ बजे तिर रिंगटा लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछि गढवा स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो ।

उनीहरु दुवैको उपचार गढवा स्वास्थ्य चौकीमा भइरहेको गढवा स्वास्थ्य चौकीका प्रमुख सूर्यनारायण यादवले जानकारी दिए ।
वर्षा सुरु भएसँगै जंगलमा विषालु च्याउ पाइन थालेका छन् । विषालु च्याउ खादा बिरामी पर्ने र ज्यानै जानसक्ने भन्दै प्रहरीले जंगली च्याउ नखान सार्वजनिक सूचना जारी गर्दै आएको छ ।

प्रकाशित : २ श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६