प्रदेश

कपिलवस्तुमा स्थानीय आँपको मूल्य दोब्बरले वृद्धि



जानु पाण्डे

कपिलवस्तु, ०३ साउन । कपिलवस्तुका बगैँचामा आँप महँगो मूल्यमा बिक्री हुन लागेको छ । अघिल्लो सातासम्म ६० रुपियाँ किलोग्राममा पाइने गरेको आँपको थोक मूल्य अहिले प्रतिकिलो १ सयभन्दा बढी पुगेको छ ।

जिल्लाको शिवराज, कृष्णनगर, यशोधरा, महाराजगञ्ज, मायादेवी, विजयनगरलगायत स्थानमा आँप बगैँचा छ । यस वर्षको उत्पादन सकिन लागेपछि आँपको मूल्य दोब्बरले वृद्धि भएको शिवराजका फलफूल थोक व्यापारी रहिस साहले बताउनुभयो ।

कपिलवस्तुमा गत वर्षभन्दा यस वर्ष आँपको उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख डा. रवीन्द्रनाथ चौबेले भन्नुभयो, “यो वर्ष १० प्रतिशतले उत्पादन कम भएको छ । लामो समयको खडेरीले कृषक मारमा परेका छन् । आँपको बगैँचामा मधुवा कीराको प्रकोपले फलमा असर गर्दा उत्पादनमा गिरावट आएको छ ।”

चौबेले जिल्लामा आँप खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको बताउनुभयो । यस वर्ष जिल्लामा १ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा १२ हजार टन आँप उत्पादन भएको छ । गत वर्ष १ हजार ४ सय २० हेक्टरमा १३ हजार टन आँप उत्पादन भएको ज्ञान केन्द्रको तथ्याङ्क छ ।

स्थानीय कृषक राहुल पाण्डेले हावाहुरी तथा कीराका कारणले आँपको दाना मुस्किलले जोगाएको बताउनुभयो । कीटनाशक औषधि छरेर फल जोगाइएको उहाँको भनाइ छ ।

प्रकाशित : ३ श्रावण २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६