देश

सुन काण्डः भन्सारका दुई कर्मचारीलाई निलम्बन




काठमाण्डौं, ०४ साउन ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट तस्करीको सुन छुटाएको आरोपमा भन्सार कार्यालयमा कार्यरत दुई जना कर्मचारीलाई निलम्बनको प्रक्रिया अघि बढाइएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत सन्तोष चन्द र खरिदार कुमार ढकाललाई निलम्बनको निम्ति सिफारिस गरिएको बताइएको छ ।

ब्रेक सुमा लुकाएर ल्याइएको सुनको परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंक पठाउने तयारी गरिएको बताइन्छ । कार्गोमा ब्रेक सु भनिएको सामान ३२० थान पाइएको छ ।

अस्ति राति हङकङबाट आएको कार्गोमा मोटरसाइकल र स्कुटरको ब्रेक सुभित्र लुकाएर ल्याइएको सुन छाडेको आरोपमा भन्सार एजेन्टसहित छ जना पक्राउ परेका छन् ।

प्रकाशित : ४ श्रावण २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६