प्रदेश

रुपन्देहीको बेलहिया नाकाबाट निर्यात ३८.८ प्रतिशतले बृद्धि



रुपन्देही, ०५ साउन ।
रुपन्देहीको बेलहिया नाका हुँदै निर्यात बढेको छ । आर्थिक वर्ष २०७८–०७९ को तुलनामा आव २०७९–०८० मा ३८ दशमलव ८ प्रतिशतले निर्यात बृद्धि भएको हो ।


भैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार, अघिल्लो आवमा ७ अर्ब ८९ करोड २३ लाख ५४ हजार रुपैयाँ मूल्यको विभिन्न नेपाली बस्तु बिदेश निकासी भएकोमा २०७९–०८० मा यो निकासी बढेर १० अर्ब ९५ करोड ७६ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

भन्सार प्रमुख मनिराम पौडेलले निर्यात बृद्धि हुनु सकारात्मक भएको बताए । सेन्थेटिक यार्न, खजुरको प्रशोधित तेल, खोटो रोजीन, पिना, चोकर भुस लगायतका बस्तु बेलहिया नाका हुँदै निर्यात हुने गरेको छ ।

प्रकाशित : ५ श्रावण २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६