देश

सुन प्रकरणको अनुसन्धान गर्न राजस्वले गठन गर्‍यो छुट्टै समिति



काठमाडौं, ०५ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक सय किलो सुन बरामद प्रकरणबारे विस्तृत अध्ययन गर्न राजस्व अनुसन्धान विभागले छुट्टै समिति गठन गरेको छ ।

सुनबारे विस्तृत अनुसन्धान गर्न राजस्वले अनुसन्धान अधिकृत तोकेको विभागका महानिर्देशक नवराज ढुंगानाले बताएका छन्। उनका अनुसार राजस्व र प्रसाशनका निर्देशकहरुसहितको चार सदस्यीय अनुसन्धान अधिकृत तोकिएको हो ।

समितिले सुन तस्करी प्रकरणबारे विस्तृत अनुसन्धान गर्नेछ। यस प्रकरणमा हालसम्म १० जना पक्राउ परिसकेका छन्। तीमध्ये ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिइसकेको छ।

प्रकाशित : ५ श्रावण २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६