प्रदेश

रुपन्देहीमा शिक्षा कार्यालयको गाडी दुरुपयोग, घुमफिर गर्दै दारु पार्टीमा



बुटवल, ०६ साउन । रुपन्देही जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दिपेन्द्र ढकालले सरकारी गाडीको दुरुपयोग गरेका छन् । उनले शनिबार जिल्ला प्रशासन कार्यालयको अनुमती विना सकारी गाडी लिएर घुमफिर र खानपानमा हिँडेको भेटिएको छ ।

शनिबार विहान बुटवलबाट केवलकार चढेर वसन्तपुर घुमेका उनले दिउँसो पाल्पाको नुवाकोटमा पुगेर दारु पार्टी गरेका छन् । उनले बा २ झ १०१० नम्बरको सरकारी गाडी लिएर घुमफिरमा निस्किएका हुन् । आफ्ना केही साथीहरु तथा नीजि विद्यालयका सञ्चालकलाई बोकेर नुवाकोट पुगेका उनले स्कुलको अनुगमनमा निस्किएको र खाजारखानका लागि नुवाकोट पुगेको प्रतिक्रिया दिए । शनिबारको दिन बुटवलका केही निजी विद्यालय निरीक्षण गरेको बताउने उनले यसअघि पनि पटक(पटक सरकारी गाडीको दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कुनै पनि सरकारी गाडी शनीबार वा विदाको दिन प्रयोग गर्नु परेका अनुमती जारी गर्नु पर्ने भए पनि साउन ६ गते शनिबारका लागि पुनै पास वा अनुमती जारी नगरिएको स्पष्ट पारे । साभार ग्लोवल आवाज

प्रकाशित : ६ श्रावण २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६