प्रदेश

पक्राउ पुर्जी निकाल्ने, दोषी उम्काउने ?



काठमाण्डौं, ०६ साउन ।
थुनुवाहरूको धरौटीमै कमिशन खाइदिएको आरोप लागेका भन्सार अधिकृत विकास उपाध्यायले कार्यालयको गोप्य कागजात सार्वजनिक गरेपछि एक आरोपी फरार भएका छन् । आफूले राम्रो काम गरेको भन्दै उनले केही स्थानीय पत्रकारमार्फत कार्यालयमा रहेको पक्राउ पुर्जी सार्वजनिक गराएका थिए । त्यसलगत्तै पक्राउ पुर्जीमा नाम रहेका कुशहवाका सुरेन्द्र तेली फरार भएका छन् । भन्सार श्रोतका अनुसार यस्तो पुर्जी पक्राउ पर्ने आरोपीलाई दिनुपर्ने हो । असार १९ गते जारी पक्राउ पुर्जी २० गते सार्वजनिक गरेकै कारण तस्करीमा संलग्न तेली दुई सातादेखि फरार बनेका हुन् ।

असार १४ गते कृष्णनगर भन्सार नजिकैको कोटीया सिमाना नजिकै भन्सार छलेर ल्याएका चप्पलसहित २ जनालाई कपिलवस्तु अनुसन्धान प्रमुख नरेन्द्र गिरीले बुझाएका थिए । २ जना थुनामा छन् भने आरोपी तेली फरार छन् । श्रोतका अनुसार तेली र भन्सार अधिकृत विकास उपाध्यायबीच राम्रो सम्बन्ध छ । उपाध्यायकै सेटिङमा सुरेन्द्र तेलीले त्यस क्षेत्रबाट चप्पल तस्करी गर्दै आइरहेको बताइन्छ ।

तेलीलाई भगाउनकै लागि पक्राउ पुर्जी सार्वजनिक गरिएको भन्सार श्रोतको दाबी छ । भन्सार अधिकृत उपाध्यायले २२ गते ३ जनाको धरौटीबापतको रकममध्ये १ लाख ५२ हजार ४ सय रकम खाएको आरोप पीडितले लगाउँदै आएका छन् । पीडितमध्येका नागेन्द्र ठाकुरले भन्सार अधिकृत विकास उपाध्यायले एजेन्ट अंगद त्रिपाठीमार्फत लिएको धरौटी रकम ७६ हजार २ सयमध्ये २५ हजार ४ सयको भौचर दिएर अरु रकम खाएको बताए । रकम माग्न जाँदा समाचार लेख्नेसँग माग्न जानु भन्दै धम्क्याउने गरेको अर्का पीडित रमेश यादवको गुनासो छ । भन्सार अधिकृत स्थानीय भएकै कारण प्रमुख भन्सार अधिकृत गगनबहादुर बिकसमेत यस घटनाबारे केही बोल्न सकेका छैनन् । साभार जन आस्था

प्रकाशित : ६ श्रावण २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६