देश

शैक्षिक संस्थामा तालाबन्दी नगर्ने अनेरास्ववियुको घोषणा



काठमाण्डौ, ०७ साउन । नेकपा (एमाले) निकट अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने घोषणा गरेको छ । अनेरास्ववियुले आज आइतवार गरेको पत्रकार भेटघाट कार्यक्रममा अबदेखि कुनै पनि विश्वविद्यालय तथा क्याम्पसमा तालाबन्दीका कार्यक्रम नगर्ने सङ्गठनका अध्यक्ष समिक बडालले जानकारी दिनुभयो ।

अहिले नेपाल संस्कृत विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका छन् । अध्यक्ष बडालले तालाबन्दीका कारण विद्यार्थीको पठनपाठनसहित विश्वविद्यालय र क्याम्पस अस्तव्यस्त बन्ने भएकाले तालाबन्दीको विकल्पका रूपमा अन्य आन्दोलन गर्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यालय सुधार गर्न पालिकाले गरेको कामलाई सहयोग गर्ने भनाइ राख्नुभयो ।

अध्यक्ष बडालले विश्वविद्यालयका पदाधिकारी नियुक्ति राजनीतिक नभइ ‘बोर्ड अफ ट्रस्ट’ का आधारमा गर्न सरकारलाई दबाब दिने बताउनुभयो ।

प्रकाशित : ७ श्रावण २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६