प्रदेश

करेन्ट लागेर पाल्पामा एकको मृत्यु



पाल्पा, ०७ साउन । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ झिरवास देउरालीका ४२ वर्षीय गोविन्द बम्रेलको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घर नजिकको खेतमा मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाको अनुसन्धान अधिकृतसहितको टोलीले घटनाको अनुसन्धान गरेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक भूपेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित : ७ श्रावण २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६