कपिलवस्तु ७ साउन।उज्यालो अभियानअन्तर्गत दाङ र कपिलवस्तुमा गरी एक वर्षमा एक हजार ९ सय जनाले नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा कपिलवस्तुको बहादुरगञ्जले स्थानीय सरकारसँग आर्थिक वर्ष २०७९/ ०८० मा सञ्चालन गरेको ’उज्यालो साझेदारी’ कार्यक्रमअन्तर्गत एक वर्षको अवधिमा एक हजार आठ सय ९९ जनाको मोतियाविन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरिएको हो ।
मोतियाविन्दुका कारण अन्धोपन हुनु नपरोस् भन्ने उद्देश्यले नेपाल सरकारको स्वास्थ्य नीतिलाई समेत सहयोग पु¥याउने उद्देश्यले पालिकासँग निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता गरी उज्यालो अभियान सञ्चालन गरिएको प्रमुख प्रशासक शमशेर थापाले जानकारी दिनुभयो । उहाँले पैसाको अभावमा कोही पनि नागरिकले अनाहकमा आँखाको ज्योति गुमाउन नपरोस् भन्ने उज्यालो अभियानको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
उज्यालो अभियानअन्तर्गत राप्ती आँखा अस्पताल रक्षाचौरले दाङका तुलसीपुर उपमहानगरपालिकामा २ सय ५९ जना, घोराही उपमहानगरपालिकामा एक सय ८७ जना, शान्तिनगर गाउँपालिकामा ८९ जना, बबई गाउँपालिकामा ४९ जना र दंगीशरणमा एक सय मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरी उज्यालो प्रदान गरिएको राप्ती आँखा अस्पताल रक्षाचौरका बाह्य कार्यक्रम संयोजक सालिकराम गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार लमही आँखा अस्पतालले लमही नगरपालिकाभित्रका चार सय ७ जना, गढवा गाउँपालिकामा ३ सय १० जना र रापजपुर गाउँपालिका वडा नं ३ ले ५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको छ ।
तस्विर ः
७ श्रावण २०८०, आइतबार
प्रतिक्रिया