प्रदेश

गुल्मीमा बाँदरबाट खेती जोगाउन रुखमै घर



गुल्मी, ०८ साउन । सुन्दा अचम्म लाग्न सक्छ मानिसले रुखमा घर बनाएर बसे भन्दा। तर गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्वर २ अर्बेनी खर्कका ६७ वर्षीय ठानीश्वर न्यौपानेले रुखमा घर बनाएका छन्।

आफूले लगाएको मकै खेती बाँदरबाट जोगाउन निकै मुस्किल भएपछि रुखमै घाम पानीबाट बच्नका लागि अस्थायी घर निर्माण गरेका हुन्। अग्लो रुखमा अस्थायी टहरा बनाएर बस्दा धेरै परसम्म बाँदर आएको देख्न सकिने भएकाले मकै खेती जोगाउन आफूले रुखमा घर बनाएको उनको भनाइ छ।

आफू घरमा एक्लै भएको, दुई हलको बारीमा लगाएको खेती जोगाउन निकै कठिन भएकाले रुखमै अस्थायी टहरा बनाएर बाँदर हेर्नु र धपाउनु बाहेकको विकल्प नभएको न्यौपानेले बताए । उमेरले नेटो काट्दै गएको समयमा जेनतेन लगाएको बाली पनि घरमा ल्याउन नपाइने चिन्ताले रुखमा बास बस्नुपरेको उनको गुनासो छ।

अझै करिब एक महिना मकै बाली जोगाउन रुखमै बास बस्नुपर्ने अवस्था रहेको भन्दै उनले यो अवधिसम्म बाँदर धपाउनका लागि व्यवस्था गरिदिए मात्र आफूहरूलाई सरकार भएको अनुभूति हुने बताए।

यस्तै स्थानीय युवा खिमानन्द न्यौपानेले पनि बाँदरले कृषकले लगाएको अन्नबाली नष्ट गरिदिने गरेकाले कृषक सधैँ मारमा पर्ने गरेको बताए। यस्तै समस्याका कारण खेती योग्य जमिन बाँझो हुन थालेको र बसाइँसराइँ गर्नु बाहेकको बिकल्प नभएको न्यौपानेको भनाइ छ।


कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले कृषकले लगाएको अन्नबाली जंगली जनावरबाट जोगाउन समस्या भएको बताए। तत्कालका लागि गाउँटोलका स्थानीय मिलेर बाँदर धपाउनु बाहेकको विकल्प नभएको पनि उनको भनाइ छ।

प्रकाशित : ८ श्रावण २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६