प्रदेश

पहिरोले अर्घाखाँची, पाल्पा र प्युठानका ठाउं ठाउंमा सडक अवरुद्ध



अर्घाखांची, ०९ साउन । अविरल वर्षाका कारण पहिरो खस्दा अर्घाखाँची, पाल्पा र प्युठान लगायतका जिल्लामा सडक अवरुद्ध भएका छन् । पहिरो खसेका कारण बुटवल–पाल्पा, गोरुसिंगे–सन्धिखर्क, राम्दी–रामपुर र भालुबाङ –प्युठान सडक अवरुद्ध भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । कार्यालयका सूचना अधिकारी डीएसपी होमबहादुर थापाका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउंपालिका ३ हेडबक्स र झुम्सा नजिकै पहिरो खस्दा बुटवल–पाल्पा सडक बिहानैदेखि दुई ठाउंमा अवरुद्ध छ ।


यस्तै रम्भा गाउंपालिका १ सांदीखोला नजिक पहिरो खस्दा राम्दी–रामपुर सडक अवरुद्ध भएको छ । अर्घाखांचीको शितगंगा १२ बसेनी र सन्धिखर्कको डम्पिङसाइडमा पहिरो खस्दा गोरुसिंगे–सन्धिखर्क सडक दुई ठाउंमा अवरुद्ध भएको छ । यस्तै प्युठानकोमाण्डवी १ गर्जेनीमा पहिरा खस्दा भालुबाङ –प्युठान सडक अवरुद्ध भएको डीएसपी होमबहादुर थापाले जानकारी दिए । भारी वर्षाका कारण पाल्पा हुंदै रुपन्देहीमा बग्ने तिनाउ नदीले जल सतहले खतराको तह पार गरेको छ । स्थानीयका अनुसार तिनाउ नदीमा धेरै वर्षपछि सबैभन्दा ठूलो बाढी आएको छ । सोही कारण मौसम विज्ञान विभागले मध्यान्ह १२ बजेसम्म तिनाउ नदी आसपासका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ ।

प्रकाशित : ९ श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६