प्रदेश

नयाँ नागरिकता ऐन जारी भएपछि कपिलवस्तुमा १२ सय ७१ जनाले लिए नागरिकता



कपिलवस्तु, ०९ साउन । नयाँ नागरिकता ऐन जारी भएपछि कपिलवस्तुमा नागरिकता लिनको संख्या बढ्न थालेको छ । नेपाल नागरिकता पहिलो शंशोधन २०८० । २ । १७ ले गरेको नयाँ व्यवस्था बमोजिम जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका गरेका नागरिकका सन्तानले नागरिकता पाउने उल्लेख गरेको छ ।

सोको आधारमा अहिले कपिलवस्तु जिल्लामा पनि नागरिकता लिनेको संख्या बढेको हो । ऐन जारी भएको मितिदेखि साउन ७ गतेसम्म तथ्याङ्क (५३ दिन) अनुसार कपिलवस्तुमा यसरी नागरिकता लिनेको संख्या १२ सय ७१ पुगेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार सबैभन्दा धेरै जिल्ला प्रशासन कार्यालय तौलिहवाबाटै नागरिकता लिएको देखिन्छ ।

अहिलेसम्म तौलिहवाबाट ७८३ जनाले जन्मको आधारमा नागरिकता लिएका छन् भने इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट ४६२ जनाले नागरिकता लिएको देखिन्छ । यस्तै इलाका प्रशासन कार्यालय वाणगंगाबाट ३४ जनाले जन्मको आधारमा नागरिकता लिएका छन् ।

गतबर्षभन्दा यो तथ्याङ्क बढी रहेको जिल्ला प्रशासन कार्यालय बताउँछ । नयाँ नागरिकता ऐन नबन्दा यसरी नागरिकता लिनबाट ५ लाख बढी नागरिक बंचित थिए । ती सबैले नागरिकता लिन थालेपछि कपिलवस्तुमा पनि संख्या बढ्न थालेको हो ।

प्रकाशित : ९ श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६