प्रदेश

बिजयनगरमा ३७ लाख भन्दा बढीको लत्ताकपडासहित मोटरसाइकल बरामद



कपिलबस्तु, ०९ साउन । कपिलवस्तुको बिजयनगर गाउँपालिका १ जवाबैराठ इलाकाबाट सशस्त्र प्रहरीले अवैध लत्ताकपडा बरामद गरेको छ । मंगलबार सशस्त्र प्रहरीले करीव ३७ लाख २० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाईकल बरामद गरेको हो ।

सोही ठाउँको जंगल इलाकामा वेवारिसे अवस्थामा रहेको सो लत्ताकपडा तथा भारतीय नम्बर प्लेटका चार वटा मोटरसाईकल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरले बरामद गरेको हो । बरामद लत्ताकपडा तथा मोटरसाईकल कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुमा बुझाइएको छ ।

प्रकाशित : ९ श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६