प्रदेश

प्रशासन कार्यालय कपिलवस्तुद्वारा औषधि पसलमा ताला



तौलिहवा, ०९ साउन । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले म्याद गुर्जेका औषधी बेच्ने र दर्ता नभएका पसलमा ताला लगाएको छ । गृह मन्त्रालयको निर्देशनमा प्रशासन कार्यालयले कपिलवस्तु नगरपालिकामा ४, मायादेवी गाउँपालिकामा ४ र शुद्धोधन गाउँपालिकामा एक गरी नौ वटा औषधि पसलमा अनुगमन गरेको हो ।

प्रशासन कार्यालयका अधिकृत बाबुराम शर्माका अनुसार प्रहरीको निगरानीमा अनुगमन गरी औषधि पसलमा ताला लगाइएको हो । अनुगमनको क्रममा मायादेवी गाउँपालिका ४ चाकरचौडामा एक औषधि पसलमा तला लगाइएको उहाँले बताउनुभयो । त्यस्तै, मायादेवी गाउँपालिकाको चाकरचौडा र शुद्धोधन गाउँपालिकाको लबनीमा रहेको औषधि पसल पनि बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।

बन्द गरिएको औषधि पसलका सञ्चालहरुलाई सम्पूर्ण कागजात सहित जिल्ला प्रशासन कार्यालयमा बोलाइएको छ,” उहाँले भन्नुभयो, “ताला लगाइएको औषधि पसलमा म्याद गुज्रेका औषधि, दर्ता नभएका र अनुमति बेगर औषधीहरू बिक्री वितरण गरिएको पाइएको छ ।”

अनुगमनको क्रममा स्वास्थ्य कार्यालयका प्रमुख अनिरुद्ध श्रीवास्तव, प्रशासन कार्यालयका अधिकृत बाबुराम शर्मा, खाद्य प्राविधिक तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख रमेश दाहाल, कपिलवस्तु अस्पतालका फार्मेसी अधिकृत वीरेन्द्र गुप्ता, प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक गोपाल रायमाझी लगायतको सहभागिता थियो ।

प्रकाशित : ९ श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६